यसअघिका अध्ययनले मोटोपना भएका महिलाबाट जन्मिएका बच्चाबच्चीमा मुटु सम्बन्धि रोग, मधुमेह तथा मोटोपना हुने सम्भावना बढि हुने तथ्य पत्ता लगाइसकेको भएपछि पछिल्लो अध्ययनले भने त्यस्ता सन्तानको आयु पनि छोटो हुने र कम उमेरमै मृत्यु हुने खतरा बढि हुने देखाएको हो ।
स्कटल्याण्डको एबरडिन तथा इडिनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुले १९५० देखि १९७६ को अवधिमा जन्मिएका ३८ हजार मानिसमा अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको हो । यसले के देखाएको छ भने जो व्यक्तिका आमाहरु उनीहरु जन्मिँदाको समयमा मोटोपना भएका थिए उनीहरुमा वैँशमै मर्ने जोखिम ३५ प्रतिशत बढि थियो ।
शोधकर्ताहरुका अनुसार गर्भवती महिलामा मोटोपनाको समस्या बढिरहेको छ जुन आमा र बच्चा दुबैको स्वास्थ्यका लागि जोखिमपूर्ण बनिरहेको छ ।










Post a Comment