२०७० साल श्रावण ३१ गते बिहीबार
आजको पञ्चाङ्ग
आज मिति २०७० साल श्रावण ३१ गते बिहीबार, तदनुसार अगस्त १५ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्षचलिरहेको छ । शौरमान अनुसार आज श्रावणशुक्लपक्षको नवमी तिथि ४० घटि ३ पला अर्थात रातिमा ९ बजेर ३६ मिनेटसम्म त्यसउप्रान्त दशमी तिथि लाग्नेछ । आज सूर्य कर्कट राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३२ घटि ५४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमारहि बिहान ठीक ५ बजेर ३५ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ४४ हुनेछ ।
आजको राशिफल
मेष ः आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।
वृष ः आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति असन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्ने सम्भावना छ ।
मिथुन ः दिन सामान्य रहेकोछ, शुरु गरेका कार्य अधुरा हुनेछन्, पेटमा गडबढ हुन सक्ने, खानामा सावधानी अपनाउनुहोला ।
कर्कट ः अनावश्यक झमेलामा फसिनेछ, गर्दै आरहेको काममा एक्कासी अवरोध आउनेछ, स्वास्थ्यमा खरावी आउनेछ ।
सिंह ः व्यापार व्यवसायमा मन्दी आनउेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।
कन्या ः पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।
तुला ः नकरात्मक सोचाइले गर्दा दिनैभरी कार्य अस्तव्यस्त, आम्दानीभन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।
वृश्चिक ः समय महत्वपूर्ण रहेकोछ एक्कासी पूरानो प्रेमीका भेट हुनाले दिन खुसीयाली, धार्मिक कार्यको पनि लगाव बढ्नेछ ।
धनु ः दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह भइ इज्जतमा दाग लाग्नेछ सर्तक रहनुहोला ।
मकर ः एक्कासी स्वास्थ्यमा समस्या आउनेछ, दिन विवादित रहेको छ, साथीहरूसंग कलह हुन सक्नेछ सतर्क रहनुहोला ।
कुम्भ ः एकमुष्ट रकम संकलन भई बैंक व्यालेन्स बढ्नेछ, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ ।
मीन ः सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हँुदै जानेछ ।
आजको साइत ः आज उत्तर र पश्चिम दिशाको यात्रा बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्नुहोला ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७० साल श्रावण ३१ गते बिहीबार बिहान ५ः३५ बजेदेखि ७ः०५ बजेसम्म शुभ बेला, बहानमा ७ः०५ बजेदेखि ८ः३५ सम्म रोग बेला, बिहानमा ८ः३५ बजेदेखि १०ः०५ बजेसम्म उद्वेग बेला, बिहानमा १०ः०५ बजेदेखि ११ः३५ बजेसम्म चर बेला, बिहान ११ः३५ बजेदेखि दिनमा १ः०५ बजेसम्म लाभ बेला, दिनमा १ः०५ बजेदेखि २ः३५ बजेसम्म अमृत दिनमा २ः३५ बजेदेखि ४ः०५ बजेसम्म काल साँझ ४ः०५ बजेदेखि ५ः३५ बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक युवा ज्योतिषी ः हरि पन्त











Post a Comment