रागरस (हार्मोन) का प्रभाव
यौनेच्छा जाग्ने -विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। टेस्टेस्टेरोन नामको हार्मोनले यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ। महिलामा पनि यो हार्मोनको कारणले नै यौन व्यग्रता जागेको हुन्छ। टेस्टस्टेरोनको कमी भएको अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन।
इन्दि्रयहरूका कुरा
अन्य शरीरक्रियाका लागि जस्तै यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हो। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरको पाँच इन्दि्रयहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो।










Post a Comment